मीनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका उनी पराजित भएका थिए । महामन्त्रीमा पराजय भोगेसँगै उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए…