काठमाडौं । नेकपा एमालेले वैशाख १० गते हुने उपनिर्वाचन परिचालनका लागि केन्द्रीय पदाधिकारी खटाएको छ । मिसन ग्रासरुट अभियानको अनुगमनकर्ता उपाध्यक्ष र फिल्ड कमाण्ड गरिरहेका सचिवले उपचुनावको प्रत्यक्ष नेतृत्व गर्ने भएका छन् । मिसन ग्रासरुटमा खटिएका स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय सदस्यहरु जो उपनिर्वाचन भएका जिल्ला र क्षेत्रमा खटिएका छन् उनीहरु पनि चुनावी अभियानमा जोडिने…