चितवन । सत्ता गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । सोमबार उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनका तर्फबाट चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले चितवन–२ का मतदाताले स्थानीय उमेदवार र सु:ख-दुःखको साथी आफूलाई निर्वाचित गराउन संकल्प गरिसकेको विश्वास व्यक्त गरे । उनले भने, “यहाँ उपचुनाव हुन्छ भनेर हामीले परिकल्पना…