मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत…