सत्ता गठबन्धनको बैठक फेरि दिउँसो ३ बजे बस्ने

काठमाडौं । सत्ता गठबन्धनका दलहरुहरुको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने –‘लञ्च ब्रेक भयो । हामी फेरि ३ बजे बस्छौँ । सहमति भइसकेको छैन…