४ दलको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित

काठमाडौं । चार दलको निर्णायक भनिएको बैठक आज साँझ ५ बजेसम्मकालागि स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब साढे ३ घण्टासम्म बसेको बैठक पुन बस्नेगरी सकिएको हो । राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न निर्वाचन अघिका गठबन्धन दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बसेको थियो ।…