काठमाडौँ । जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले उजुरी दर्ता गराएका छन् । बिहान ९ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम सकिएपछि यादवको उम्मेदवारी विरुद्ध उजुरी परेकाे हाे । ‘नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णयविपरीत तथा विगतको…