काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रहेकी आशिका तामाङले आफ्नो भाषणका क्रममा भएको गम्भीर शब्द-त्रुटिप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन् । पार्टी सभापति रवि लामिछानेलाई स्वागत गर्न धादिङको गल्छी चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनीबाट उक्त गल्ती भएको हो । सामाजिक सञ्जालमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै तामाङले…