माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ। बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए। आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ। माओवादी केन्द्रले पार्टीका नेताको कार्य विभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको…