काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारको क्रममा शनिबार राती ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको कांग्रेसले जनाएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शनिबार एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जली…