काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष बास्कोटाले गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी थिइन् । उनी यसअघि २०७४ को निर्वाचनमा काठमाडौं…