काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले सधैं 'एक चीन नीति' को समर्थन गरेको भन्दै पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेको बताइन् । 'पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं । नेपालले 'एक चीन…