काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको संसदीय छानबिन समितिको निष्कर्षपछि जनार्दन शर्मालाई नै पुनः अर्थमन्त्रीका रुपमा पठाउने तयारी नेकपा माओवादी केन्द्रले तयारी गरेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले शर्मालाई अर्थ मन्त्रालय नपठाउने कुनै कारण नभएको बताए । पार्टीमा शर्माको विकल्पबारे कुनै छलफल…