वागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदको हस्ताक्षर संकलन

हेटौडा । वागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनभित्रकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेको हो । सहमति अनुसार कांग्रेसले सहजै आफूले सत्ताको नेतृत्व गर्न पाउनुपर्ने…