एमाले सचिवालय: बादल नेतृत्वको कार्यदल प्रतिवेदन स्वीकृत

काठमाडौं  । नेकपा (एमाले) को दसौँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले रामबहादुर थापा 'बादल'ले पेस गरेको प्रतिवेदनलाई औपचारिक रूपमा ग्रहण गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले नेता लेखराज भट्टले चार महिनाको गृहकार्यपछि कार्यदलले तयार पारेको प्रतिवेदन बैठकले स्वीकृत गरेको बताए। उनका अनुसार उक्त प्रतिवेदनमा पूर्वअपेक्षाअनुसार…