काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज सोमबार ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्दै छ। बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेसगायत पार्टी सचिवालयबाट प्रस्तावित विभिन्न विषयहरूमा छलफल हुनेछ। यसअघि आइतबार बसेको पार्टीको १०औँ सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति जनाउँदै आजको केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गरेको थियो। सचिवालय बैठकले…