कांग्रेससंग कुराकानी पनि नमिल्ने गठबन्धन पनि चलिराख्ने भन्ने हुँदैनः महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना (एमसीसी) मा सहमति नभए गठबन्धन भत्किन सक्ने बताएका छन् । शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ ।…