नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको २७ पुसमा हुने जिल्ला अधिवेशनमा संस्थापन इतर पक्षका सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सोमबार पदाधिकारी उम्मेदवारहरूको घोषणा गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीमा उठ्ने उम्मेदवारहरूको घोषणा गरिएको हो । गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुसालले उम्मेदवार…