काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत कार्यकर्ताहरुलाई सही निर्णय लिन आह्वान गरेका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै ‘कसैको दवाव र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । पौडेलले ढिलै भएपनि महाधिवेशन भएको भन्दै महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि लोकतान्त्रप्रति…