काठमाडौँ । नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागेको हो । आज मध्याह्न १२ बजे नयाँबानेश्वरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिनेछ । प्रचारप्रसार संयोजक मीनबहादुर शाहीका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली…