काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले चीनसँग गरिएको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजकाे बैठकमा परराष्ट्रमन्त्री राणाले बीआरआई कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउन…