काठमाडौं । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीको क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मीले सीमा नाघेको छ । तीन दशकदेखि नेपाली कांग्रेस र नेकपा (एमाले) को ‘गढ’ मानिँदै आएको यस क्षेत्रमा यसपटक नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारको उदयले चुनावी समीकरणलाई निकै रोचक र पेचिलो…