कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट परिसकेकाले अब सबै कांग्रेसजनले अदालतको फैसला जे आउँछ त्यसलाई मानेर एकजुट भएर जानुपर्ने बताएका छन् । आइतबार आफ्नो समूहको छलफलका क्रममा कार्यकर्तासँग कुरा गर्दै कोइरालाले पार्टीबाट उम्मेदवारीको अवसर पाउनेहरुलाई जिताउन आफू लागिपर्ने समेत बताए । कोइरालाले भने, ‘निर्वाचन आयोगको निर्णय र ६…