काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा आफ्नो पार्टीका तर्फबाट समानुपातिक उमेरदवारको बन्दसूची बुझाउन ढिलो गरेको छ । मंगलबार बिहान ६ बजेसम्म पनि कांग्रेसले बन्दसूची बुझाउन सकेको छैन । सभापति शेरबहादुर देउवाको हस्ताक्षरका कारण कांग्रेसले बन्दसूची बुझाउन ढिलो गरेको छ । सभापति देउवाको हस्ताक्षर गराउन महाराजगन्ज गएका कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचारविभाग प्रमुख मीन विश्वकर्मा…