काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ साढे २ बजे हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो ।यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो । स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।…