काठमाडौं । एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओलीले जेन–जी आन्दोलनकारीलाई ताकीताकी टाउँकामा गोली हान्ने आफू र सरकारले आदेश नदिएको बताएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै ओलीले आन्दोलनकारीलाई लक्षित गरी प्रहरीले नभई घुसपैठ गर्ने षड्यन्त्रकारीले गोली चलाएको दाबी गरे । प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलाइएको उनको भनाइ थियो ।…