चुनाव लड्ने सुदन गुरुङकाे घोषणा

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि उदाएका युवा नेता सुदन गुरुङले आउँदो फागुनमा हुन लागेको आमनिर्वाचनमा उमेदवारी दिने घोषणा गरेका छन् । उनले आफूहरूको आन्दोलनले जनताको सरकार निर्माण गर्न अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरेको अलजजिराले जनाएको छ । अलजजिरासँगको विशेष अन्तर्वार्तामा गुरुङले आफ्नो समूहले परम्परागत राजनीतिक दलको सट्टा परिवर्तनका निम्ति आन्दोलन गर्दै देशभर समर्थक परिचालन गरिरहेको बताए…