काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै सभामुखमार्फत उपस्थित गराउन रुलिङ गर्न माग गरेको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेस सांसद निष्कल राईले संसद्को गरिमा कायम राख्न सभामुखले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्ने धारणा राखे। राईले…