काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीकाे पासोमा परेकाे बताएका छन् । संसदमा सोमबार विशेष सम्बोधन गर्दै उनले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेकोमा कांग्रेसको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको…