काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा ‘घुस डिल’ गरेको आरोप लगाउँदै तत्काल छानबिनको माग गरेको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले मन्त्री गुप्ताको घुस डिल प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरेकी हुन्…