काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि ह्वातै बढेको छ । असार २५ गतेको उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद सतहमा आएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर…