दुर्गा प्रसाईंसहित ७ जनालाई पठाइयो डिल्लीबजार कारागार

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षको लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार दुर्गा प्रसाईंसहित सात जनालाई थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको हो । सातै जना हिजाे मध्यराति नै कारागार…