गृहमन्त्रीको राजीनामा माग्दै समाजवादी मोर्चा सडकमा उत्रियो

काठमाडौं । भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलका युवासंघ संगठनहरू मंगलबार सडकमा उत्रिएका छन्। काठमाडौंको माघइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) लगायत दलहरूका भ्रातृ संगठनहरूले सरकारविरुद्ध आक्रोश पोखेका हुन्। प्रदर्शनमा सहभागी संगठनहरूमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र योङ…