काठमाडौं । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गरेकाे…