काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । १२ फाुगनमा झापाबाट सुरु अभियान शनिबार रौतहट पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सचिवालय प्रमुख गोविन्द आचार्यले जनतामा असन्ताेष बढाउने सरकारका क्रियाकलाप र व्यवस्थाविरुद्धका गतिविधिको प्रतिवाद गर्न केही दिनका लागि अभियान स्थगन गरिएको…