रास्वपा गैंडाकोट सभापतिमा घिमिरे विजयी

मध्यविन्दु । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैंडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे विजयी भएका छन् । १५ सदस्यीय नगर समितिमध्ये सभापति र सचिव पदमा मात्र निर्वाचन भएको हो । घिमिरेले आफ्ना निकटतम प्रतिस्पर्धी ज्ञानहरी कंडेललाई ८ मतले पछिपार्दै पहिलो नगर अधिवेशनमार्फत अध्यक्षमा चयन भएका हुन् । घिमिरेले १०५ मत ल्याए भने कंडेलले ९७ मत ल्याए…