काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै अराजकता मच्याउन खोज्नेहरुलाई साँगा कटाउनको लागि आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन् । निजामति कर्मचारी संगठनको १२ महाधिवेशन उद्घाटन गर्दै लोकतन्त्रको रक्षको लागि आन्दोलन गर्नुपर्ने हुनसक्ने बताए । उनले भने, ‘अहिले अनेक देशको नाम लिएर यहाँ विद्रोह गर्छौँ भन्नेहरु निस्किएका छन्…