काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । शुक्रबार राजधानीमा भएकाे नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न सुझाव दिएका हुन् । उनले भने, ‘समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू र छोरीहरू चलेका खबर…