काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार प्रश्न उठाइरहेका बेला सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । प्रधानमन्त्री र सभामुखबीच करिब आधा घण्टा छलफल भएको बताइएको छ । भेटमा संसद्को पछिल्लो अवस्था र प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा कुराकानी भएको…