सरकारलाई सदनप्रति उत्तरदायी बनाउन निलम्बन भोग्न तयार छौँ: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारलाई संसद्‌प्रति जवाफदेही बनाउने अभियानमा आफूहरू कुनै पनि राजनीतिक कारबाही निलम्बन भोग्नसमेत तयार रहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको जबाफदेहिता सुनिश्चित गर्न आफूहरूको विरोध निरन्तर रहने स्पष्ट पारे । साम्पाङका अनुसार विरोधका कारण आफूहरूलाई निलम्बनमा पारिए पनि…