काठमाडौं । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)मा आबद्ध भई सिन्डिकेट कायम गर्न खोजेको आशंकामा नेपालका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) संस्थाहरूमाथि कडा छानबिन र कारबाही प्रक्रिया अघि बढाएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा २०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयबमोजिम वैदेशिक रोजगार विभागले उक्त कदम चालेको हो। विभागले एफडब्लुसिएमएस प्रणालीमा मुख्य…