काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको अल्ब्राइटले भेट गरेकी हुन् । भेटपछि प्रधानमन्त्री ओलीले प्रसारण लाइन र राजमार्गहरू मार्फत उच्च गुणस्तर जडानको लागि परियोजनाको चाँडै पूरा गर्न तत्पर रहेको…