विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा बृहत छलफल गरिने उल्लेख गरे । सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उनले…