काठमाडौं । कम्बोडियाका पूर्वनेता हुन सेनसँगको फोन वार्ता चुहावट भएपछि थाइल्यान्डकी प्रधानमन्त्री पेतोङतार्न शिनावात्रा सङ्कटमा परेकी छन् । कम्बोडियाका पूर्वनेता सेनसँग गरेको सीमा विवादबारेको कुराकानी सार्वजनिक भएपछि शिनावात्रा नेतृत्वको गठबन्धन सरकार पतनको सङ्घारमा पुगेको बीबीसीले जनाएको छ । फोन वार्ता चुहावटका कारण नागरिकमा आक्रोश बढेपछि ३८ वर्षीया प्रधानमन्त्री शिनावात्राको पिउ थाई पार्टीको प्रमुख गठबन्धन साझेदारले…