तेहरान । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ताको नयाँ चरण आइतबारका लागि योजना बनाइरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता बिहीबार हुने अपेक्षा गरेको बताउनुभएपछि इरानको यस्तो भनाइ आएको हो । “इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण अर्को आइतबार मस्कटमा आयोजना गरिएको छ”, विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मङ्गलबार एक विज्ञप्तिमा भने…