काठमाडौं । नेपालले इरान र इजरायलबीच विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकाे छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर दुई देशबीचकाे परिस्थितिलाई नजिकबाट नियालिरहेकाे जानकारी गराएकाे छ । मन्त्रालयले दुवै पक्षलाई तनावबाट बच्न तथा शान्ति र स्थायित्वका लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गरेकाे छ । ‘वार्ताका लागि कूटनीतिक माध्यम विकल्प हुन्छ र अहिलेकाे स्थितिलाई कम गर्न…