बेरुत । पश्चिम एसियामा तनाव थप चुलिँदै गएको छ । लेबनानी सशस्त्र समूह हेजबुल्लाहले सोमबार इजरायलको शोल्मी क्षेत्रमा इजरायली सैनिकहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको जनाएको छ । आक्रमणपछि उक्त क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) ले हवाई आक्रमणको चेतावनी जारी गरेको थियो । यसैबिच लेबनानको दक्षिणी भागमा आफ्नो सैन्य कारबाही विस्तार गरिएको आईडीएफले बताएको छ…