इस्लामबाद । मुम्बइ हमलाका मास्टर माइन्ड मानिएका आतंकबादी समुहका प्रमुखका निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार २६-११ मुम्बई हमलाका दोषी तथा आतंकवादी संगठन लश्कर–ए–तैयबाका उपप्रमुख अब्दुल रहमान मक्कीको हृदयघातका कारण निधन भएको हो । मक्की हाफिज सईदका आफन्त र सङ्गठनका आतङ्ककारी आर्थिक सहयोगका प्रमुख थिए। उनलाई अमेरिका र संयुक्त राष्ट्रसंघले विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो ।…