चीनले विश्वको सबैभन्दा लामो द्रुतमार्ग सुरुङ बनायो

काठमाडौं । चीनले विश्वको सबैभन्दा लामो 'एक्सप्रेसवे' (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियांगमा चार वर्ष लगाएर विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको हो । तियानशान शेङ्गली सुरुङ २२ किलोमिटर १३ मिटर लामो रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो सुरुङ तियानशान पर्वत भएर यात्राको समय कम गर्नका लागि बनाइएको हो…