किएभ (युक्रेन) । सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताएका छन् । सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो । सोमबार राति, ड्रोनले प्रहार गरी एक स्थानीय शैक्षिक संस्थाको छात्रावास…